बाढीपहिरोमा परि पछिल्लो १ महिनामा ४७ जनाको मृत्यु

फाइल फोटो  

असार २०, २०८१ | काठमाडौं

बाढी, पहिरो र चट्याङका कारण मुलुकका विभिन्न स्थानमा पछिल्लो १ महिनामा ४७ जनाको मृत्यु भएको छ । ६२ जना घाइते भएको गृह मन्त्रालयको तथ्याङ्क छ ।

मनसुन सक्रिय भएसँगै देशका पहाडी भूभागमा पहिरो जाने क्रम बढेको छ भने तराईका अधिकांश भूभाग डुबानमा परेका छन् । पहिरोका कारण मात्रै २४ जनाको मृत्यु भएको छ भने १९ जना घाईते भएका छन् । 

सो अवधिमा डुबानका कारण ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । देशका विभिन्न स्थानमा चट्याङले लागेर १९ जनाको मृत्यु भएको छ भने ३७ जना घाईते भएका छन् ।

मनसुन सक्रिय भएयता ८ करोड २० लाख बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । ४६ वटा भौतिक संरचना ध्वस्त भएका छन् । बर्खाको समयमा बाढी, पहिरोका कारण प्रत्येक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गर्छ ।

 यद्यपि, सरकारले क्षति न्यूनीकरणमा भने प्रभावकारी कदम चाल्न सकेको छैन । 


प्रतिक्रिया