एकीकृत समाजवादी तत्काल सरकारबाट नबाहिरिने

असार २०, २०८१ | काठमाडौं

एकीकृत समाजवादीले पनि तत्काल सरकारबाट नबाहिरिने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी गरेको भन्दै सो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले राजिनामा नदिने भएका हुन् ।

एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनवहादुर बुढा सहरी विकास मन्त्री हुनुहुन्छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले तत्काल सरकारबाट नबाहिरिने बताउनुभयो । 

यता, अशोक राई नेतृत्वको जसपाले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सो पार्टीबाट दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् । 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएपछि राईको पार्टीबाट प्रदीप यादव स्वास्थ्य, हसिना खान स्वास्थ्य राज्यमन्त्री र नवलकिशोर सुडी वन तथा वातावरण मन्त्री हुनुहुन्छ ।

राई नेतृत्वको जसपा कंग्रेस र एमालेसँगको समीकरणमा सहभागी हुने बताइएको छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा दिएका एमालेका आठ जना मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई तोक्नुभएको छ ।

प्रधानमन्त्री दाहालको सिफारिसमा आठ मन्त्रालयको जिम्मेवारी राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले हिजो राजिनामा दिएका थिए । 


प्रतिक्रिया