वाग्मती प्रदेश सरकारलाई दीर्घकालिन असर पार्ने निर्णय नगर्न एमालेको आग्रह

असार २५, २०८१

नेकपा एमालेले वाग्मती प्रदेश सरकारलाई दीर्घकालिन असर पार्ने निर्णय नगर्न आग्रह गरेको छ । एमाले संसदीय दलका नेता जग्गनाथ थपलियाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकार स्पष्टरुपमा अल्पमतमा परिसकेको दावी गर्दै दीर्घकालिन असर पार्ने निर्णय नगर्न आग्रह गरेको हो । 

एमाले संसदीय दलका नेता थपलियाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई यथाशीघ्र राजीनामा दिन समेत आग्रह गर्नु भएको छ । एमालेले बागमति सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै ५ जना मन्त्रीहरूले हिजै राजीनामा दिइसकेका छन् । मुख्यमन्त्री जम्कट्टेलले भने राजिनामा नदिई विश्वासको मत लिने अडान राख्नुभएको छ ।   


प्रतिक्रिया