भोलि र पर्सि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको आौषधि खुवाइने

फाइल फोटो  

कार्तिक १, २०८१ | काठमाडौं

सरकारले भोलि र पर्सि देशभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको आौषधि खुवाउने भएको छ ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाईने भएको हो ।

सो अभियानमा २० लाख ९५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र १८ लाख ४० हजार बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अभियानका लागि ५२ हजार महिला स्वंयमसेविका खटाईने भएको तथा सो बाहेक स्थानीय तहबाट १७ हजार ५ सय जना स्वंयमसेवक खटाईने मन्त्रालयले जनाएको छ । बालबालिकालाई विभिन्न रोगबाट बचाउनका लागि भिटामिन ‘ए’ खुवाउनुपर्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताउनुभयो ।

आफ्ना बालबालिकालाई अनिवार्य रुपमा जुकाको औषधि तथा भिटामिन ‘ए’ क्याप्सुल खुवाउन पनि सरकारले अपिल गरेको छ । विकट तथा दुरदराजको क्षेत्रमा बालबालिकालाई सहज रुपमा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको आौषधि खुवाईने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा २०५० सालबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो । बैशाख र कार्तिकमा सरकारले सो अभियान सञ्चालन गर्दै आएको छ ।  


प्रतिक्रिया