गैंडाकोट नगरपालिकाले दियो नेपाल विश्वविद्यालयलाई एक सय बिगाह जग्गा

कार्तिक १, २०८१ | काठमाडौं

नवलपरासीको गैंडाकोटमा स्थापना गर्ने भनिएको नेपाल विश्वविद्यालयलाई गैंडाकोट नगरपालिकाले एक सय बिघा जग्गा उपलब्ध गराएको छ ।

गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले वडा नम्बर–६ र ७ मा एउटै कित्तामा रहेको एक सय बिघा जग्गा दिने निर्णय गरिएको जानकारी दिनुभयो । यो जग्गा गैंडाकोट नगरपालिकाको दक्षिणमा रहेको नारायणी नदी किनारको ऐलानी जग्गा हो ।

जग्गाको नापनक्सा र दर्ता गर्ने प्रकृयामा गईसकेको पनि नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो । नेपाल विश्वविद्यालयको कार्यालय काठमाडौंमा खोलिएको भन्दै उहाँले जग्गा भएकै स्थानमा पनि कार्यालय खोलेर धमाधम काम अघि बढाउन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यालय स्थापना गरिए भवन निर्माण लगायतको काम तीब्र गतिमा हुने उहाँको भनाई छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार नेपाल विश्वविद्यालय सम्बन्धी वियेधक प्रमाणीकरया गरेसँगै कार्यान्वयनमा जाने भएको छ ।

नेपाल विश्वविद्यालयले कावासोती नगरपालिका–६ र हुप्सेकोट गाउँपालिकामा पनि थप जग्गा लिनका लागि पालिकासँग समन्वय गरिरहेको छ । नेपाल विश्वविद्यालय सम्बन्धी विधेयकमा प्राज्ञिक व्यक्तिकै नेतृत्वमा संरक्षक परिषद् रहने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया