दाङ पूर्ण खोप जिल्ला घोषणा

असार २८, २०८१ | दाङ

दाङ पूर्ण खोप जिल्ला घोषणा भएको छ ।

जिल्लाका १० वटै स्थानीय तह पूर्ण खोप घोषणा भएपछि सो घोषणा गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख किशोरकुमार आचार्यले बताउनु भयो ।

जिल्लामा १६ देखि ५९ महिनाभित्रका ३१ हजार ६ सय ५२ बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएपछि घोषणा गरिएको उहॉले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले हिजो आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिलाई पूर्ण खोप घोषणाको प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

घोषणा सभालाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पुनले असारभित्रै प्रदेशका १२ वटै जिल्लालाई पूर्ण खोप घोषणा गर्ने तयारी भैरहेको बताउनु भयो । 


प्रतिक्रिया