वागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

असार ३१, २०८१ | मकवानपुर

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेलले साउनको पहिलो हप्ता विश्वासको मत लिनुहुने भएको छ ।

सोमबार मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते आइतबार दिउँसो १ बजे विश्वासको मत लिने बताउनुभएको हो । मुख्यमन्त्री जमकट्टेलले सो दिन विश्वास मत लिन वाग्मती प्रदेश संसद् सचिवालयमा पत्र पठाएको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले सो पत्र प्राप्त भएको बताउनुभयो ।

नेकपा एमाले असार २४ गते सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेल अल्पमतमा पर्नुभएको थियो ।  


प्रतिक्रिया