राष्ट्रिय स्वतन्त्र पार्टीले दलको विधान संशोधन गर्ने

श्रावण १०, २०८१ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको विधान संशोधन गर्ने भएको छ ।

सो पार्टीको केन्द्रीय समितिको बैठकले विधान संशोधन, परिमार्जन र सुझावका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

विधान संशोधन गर्नको लागि कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी संयोजकत्वमा कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको रास्वपाले जनाएको छ । यसैबीच, सो पार्टीले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।  


प्रतिक्रिया