टीआरसी विधेयकमा राय लिएर प्रतिवेदन तयार गर्ने मुख्य दलबीच सहमति

श्रावण ११, २०८१

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा तीन दलबीच सरोकारवालाको राय लिएर प्रतिवेदन तयार गर्ने सैद्धान्तिक सहमति भएको छ । 

सिंहदरबारमा आज बसेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित सहजीकरण कार्यादलले आगामी सोमबार सरोकारवालाहरूसँग एकचरण छलफल गरी प्रतिवेदनलाई अन्तिम रुप दिने भएका हुन् । बैठकले अन्तिम रुप दिनको लागि आवश्यक परामर्श गर्ने निर्णय भएको कार्यदलका संयोजक महेश बर्तौँलाले बताउनुभयो ।

गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बसेको बैठकपछि कार्यदलका सदस्यहरूले आफूहरू अब सहमति नजिक पुगेको जानकारी दिनुभयो । यस्तै, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सहमतिकै वरिपरि छलफल भएको बताउनुभयो । 


प्रतिक्रिया