सुदूरपश्चिमकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापालाई पदबाट हटाइयो
श्रावण १३, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई पदबाट हटाउनु भएको छ । नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ समूहबाट मन्त्री भएकी थापालाई आज मुख्यमन्त्री सोडारीले पदबाट हटाउनु भएको हो ।
नागरिक उन्मुक्ति पार्टीका सात जना सांसदमध्ये दुुई जना सांसदले बिद्रोह गरेर सोडारीको नियूक्तिमा सघाएका थिए । बिद्रोह गरेका टीका थापा र कैलाश चौधरी मन्त्री भएका थिए । विपक्षी दलहरु कांग्रेस एमालेको मागमा आव्हान भएको विशेष अधिवेशनको बैठकमा मन्त्री थापा सहभागी भएपछि उहाँलाई पदबाट हटाइएको सरकारका प्रवक्ता अक्कलबहादुर रावलले बताउनुभयो ।
प्रदेश सभा बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएमा बैठक सञ्चालन हुन सक्दैन । सरकार पक्ष बैठक सञ्चालन नहोस् भन्ने पक्षमा थियो ।