सिरहा प्रशासनले झन् झन्झटिलो बनायो प्रतिलिपी सेवा
श्रावण २५, २०८१
जिल्ला प्रशासन कार्यालय, सिरहाले नागरिकता प्रतिलिपी सेवा झन् झन्झटिलो बनाएको छ । जिल्ला प्रशासनले अबदेखि आलोपालो गरेर मात्रै प्रतिलिपी पाइने व्यवस्था गरेको हो । जिल्ला प्रशासन कार्यालय, सिरहाले सूचना जारी गर्दै पर्सीदेखि आलोपालो प्रणालीबाट नागरिकताको प्रतिलिपी सेवा प्रदान गरिने जनाएको छ ।
नागरिकताको प्रतिलिपीका लागि आवेदन दिने सेवाग्राहीहरूको संख्या अत्यधिक भएपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएका कारण सो व्यवस्था गरिएको सूचनामा उल्लेख छ । जिल्ला प्रशासनले गरेको नयाँ व्यवस्था अनुसार, अबदेखि एउटा स्थानीय तहका सेवाग्राहीले साताको एक दिन मात्रै नागरिकता प्रतिलिपी सेवा लिन पाउनेछन् ।
सार्वजनिक विदामा छुटेका स्थानीय तहका सेवाग्राहीलाई त्यसको भोलिपल्ट सेवा दिइने पनि जिल्ला प्रशासनले जनाएको छ ।