माथिल्लो तामाकोशीमा १८ घण्टा विद्युत उत्पादन बन्द

श्रावण २७, २०८१ |

दोलखादोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले १८ घण्टाका लागि विद्युत उत्पादन बन्द गरेको छ । 

जलविद्युत केन्द्रको जलाशयमा थुप्रिएका गेग्रान सफा गर्न आज विहानबाट विद्युत उत्पादन बन्द गरेको हो । ४ सय ५६ मेगावाट क्षमताको जलविद्युत केन्द्र आज विहान ५ बजेबाट राती १० बजेसम्म जलाशयको पानी खाली गरेर थुप्रिएको बालुवा र अन्य गेग्रान हटाउन लागेको हो । 

जस्का कारण १८ घण्टा विद्युत उत्पादन बन्द हुने विद्युत केन्द्रका प्रवन्धक पूर्णगोपाल रञ्जितले बताउनुभयो । 

बर्षाका कारण बाढीले बगाएर ल्याएका गेग्रान जलाशयमा भरिएको हुदां जलाशयमा थुप्रिएको गेग्रान निकाल्ने काम काभ भइरहेको रञ्जितले बताउनुभयो । 


प्रतिक्रिया