उपसभामुख रानालाई हटाउने कदम चालिए रास्वपाले प्रतिकार गर्ने

भाद्र २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ । उपसभामुख रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि रास्वपाले आफूहरु प्रतिवाद गर्न तयार रहेको बताएको हो । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भएपनि स्पष्टीकरणको मौका दिनुपर्ने बताउनुभयो । यसैबीच, रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीसँग भेटेर उपसभामुख रानालाई नहटाउन आग्रह गर्नुभएको छ । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले दुई तिहाइको बलमा गलत बाटो नलिन आफूले आग्रह गरेको बताउनुभयो ।

रास्वपाले १८ महिना अगाडीको घटनालाई अहिले उठाउनुको कारणबारे सत्तारुढ दलले जवाफ दिनुपर्ने समेत बताएको छ । 


प्रतिक्रिया