इकु भनेर चिनिने सुलेमान शंकर पक्राउ

भाद्र २६, २०८१

कलाकार भिसा मार्फत वैदेशिक रोजगारीका लागि क्यानडा र अष्ट्रेलिया लगायत मुलुक पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा इकु भनेर चिनिने सुलेमान शंकर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो । 

ब्यूरोका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी होबिन्द्र बोगटीका अनुसार भौगोलिक रुपमा विकट मानिएका विभिन्न जिल्लाका व्यक्तिलाई बैदेशिक रोजगारीमा पठाइदिने भन्दै सुलेमानले आफ्नो खातामा प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म जम्मा गर्न लगाएको खुलेको छ । बैदेशिक रोजगारीका लागि आवश्यक पर्ने कागजात समेत नक्कली बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ । 

रकम जम्मा गर्ने व्यक्तिलाई लामो समय सम्म पनि बैदेशिक रोजगारीको प्रक्रिया सुरु नगरिदिएपछि प्रहरीमा परेको उजुरीका अधारमा उनलाई नियन्त्रणमा लिइएको सीआइबीका सूचना अधिकारी बोगटीले जानकारी दिनुभयो । पक्राउ परेका उनी माथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि अनुसन्धान जारि राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया