नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण आजदेखि

भाद्र २७, २०८१ | काठमाडौं

नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण काठमाडौंमा आज सुरु हुँदैछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसंघ आयोजक र लगानी बोर्डको संयुक्त आयोजनामा हुन लागेको सम्मेलन दुईसम्म चल्नेछ ।

पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, विकासका अवरोध लगायत विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच छलफल हुने नेपाल उद्योग परिसंघले जनाएको छ ।

 ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट’मा क्षेत्रीय यातायात, उर्जा, शहरी विकास लगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनको प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञबाट प्रस्तुती हुने परिसंघले जनाएको छ । 


प्रतिक्रिया