कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीको अनशन तोडियो

भाद्र २७, २०८१ | काठमाडौं

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न ९ बुँदे माग राख्दै सुरु गरेको अनशन तोड्नु भएको छ ।

कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारीसँग लिखित सहमति भएपछि कार्कीले गएराति अनशन तोड्नुभएको हो ।

सहमतिपत्रमा कार्कीका अनशनप्रति प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जायज मागहरु पूरा गर्ने र कतिपय माग प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷२०८२ को बजेटमा उल्लेख गरी रकमसमेत विनियोजन भइसकेको र कार्यान्वयनको तहमा रहेको उल्लेख छ ।

प्रदेश सरकारले सम्बोधन हुन नसकेका मागहरुलाई सरकारले पूरा गर्ने जनाएको छ । निवर्तमान मुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन लगायत कार्यक्रम घोषणा गर्नुभएको थियो ।

तर, गत वैशाखमा सत्ता परिवर्तन भएपछि कार्यक्रम कटौती भएको भन्दै कार्कीले आमरण अनशन सुरु गर्नुभएको थियो ।  


प्रतिक्रिया