गैंडाकोटका ६५ घर डुबानमा

आश्विन १२, २०८१ | नवलपरासी

नारायणी नदीमा आएको बाढीले नवलपरासी पूर्वको गैंडाकोटमा ६५ घर डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका–२ बोटे टोलमा नारायणी नदीको बाढी पस्दा जलमग्न भएको हो । 

डुबान क्षेत्रमा प्रहरी र स्थानीयले डुंगा मार्फत उद्धारको काम गरीरहेका छन् । बाढी पसेको स्थानका बासिन्दालाई महेन्द्र स्मारक आधारभूत विद्यालयमा स्तान्तरण गरिएको प्रहरीले जनाएको छ । 

लगातारको वर्षाले नारायणी नदीमा पानीको सतह बढेको छ । नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।


प्रतिक्रिया