चोरमारामा सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

आश्विन १४, २०८१ | नवलपरासी पूर्व

पहिरोले क्षति पुर्‍याएको नवलपरासी पूर्वको चोरमारामा सडक अवरुद्ध भएको छ । सोमबार बिहान सडकको हिलो र खाडलमा सवारी फसेपछि सडक अवरुद्ध भएको हो । 

घण्टौंसम्म सडक अवरुद्ध हुँदा सवारीको लामो जाम परेपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । हिलोमा फसेका सवारी हटाउने काम भईरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

अहिले यात्रुबहाक सवारी र अत्यावश्यक सवारीलाई भित्रि सडकमा सञ्चालन गरिएको छ । चोरमारा उकालोमा यसअघि पनि पटक पटक सडक बिग्रिने गरेको छ । जसको कारण घण्टौंसम्म सवारी जाम हुने गरेको छ । 

हिलाम्य हुँदा ग्राभेल हाल्ने बाहेक अन्य मर्मतको काम नगर्दा पानी पर्नासाथ यस स्थानमा सडक अवरुद्ध हुने गरेको छ । 

अहिले सडक किनारमा पानीको मुल फुटेको कारण सडक हिलाम्य भएको र सवारी सञ्चालनमा असहजता आएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया