केपी ओली कपः उद्घाटन खेलमा ब्ल्याक बुल्सलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ११, २०८१ | काठमाडौं

केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन खेलमा जित हात पार्दै एपीएफ क्लव क्वाटरफाइनलमा पुगेको छ ।

 सातदोवाटोस्थित एन्फा मैदानमा विदेशी क्लब ब्ल्याक बुल्स एफसीलाई ट्राइबेकरमा ४–३ ले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुगेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

 फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन टोली, दुई विदेशी र एक आयोजक गरी ९ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 


प्रतिक्रिया