मधेश प्रदेशले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख सहयोग गर्ने

आश्विन १८, २०८१ | काठमाडौं

मधेश प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज आह्वान गर्नुभएको गठबन्धन दलको बैठकमा कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने सहमति भएको लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद उपेन्द्र महतोले बताउनुभयो ।

गठबन्धन दलका नेताहरु सहभागी बैठकले प्रदेश सरकारले गरेको नियुक्तीको आवश्यकता र प्रभावकारिता अध्ययन गर्न समिति समेत गठन गरिएको छ । त्यसका लागि लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको हो ।

मुख्यमन्त्रीले एक्लौटी सरकारी नियीुक्ती गरेको र गठबन्धनमा छलफल नगरेको आरोप लागेपछि सता गठबन्धन दलका सांसदहरु राखेर नियुक्तीको आवश्यकता र प्रभावकारिता अध्ययन गर्न समिति गठन गरेको लोसपा सांसद महतोले बताउनुभयो ।  


प्रतिक्रिया