बाढी प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौं महानगरले २० लाख सहयोग गर्ने

आश्विन १८, २०८१ | काठमाडौं

काठमाडौँ महानगरपालिकाले काभ्रेपलाञ्चोकका ३ वटा स्थानीय तहलाई राहत र पुनःस्थापनाका लागि २०÷२० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकाको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

यसैबीच सो स्थानीय तहमा सडक, खानेपानीका ट्याङ्की तथा पाइप लाइन, सञ्चार र विद्युत सञ्जाल विच्छेद भएको छ । खेतीबाली बगाएको र खेतहरु बगरमा परिणत भएको छ । लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ ।  


प्रतिक्रिया