वागमती प्रदेश लोकसेवा आयोगका सदस्य ढकालद्वारा राजिनामा

कार्तिक २, २०८१ | काठमाडौं

वागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले असन्तुष्टी जनाउँदै पदबाट राजीनामा दिनुभएको छ ।

आफूभन्दा जुनियरलाई वागमती प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा प्रदेश सरकारले नियुक्ती गरेको भन्दै ढकालले प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष राजीनामा दिनुभएको हो । ढकालले प्रदेश लोकसेवा आयोग ऐन बमोजिम कार्तिक ११ गतेदेखि लागू हुने गरी सदस्य पदबाट राजीनामा दिनुभएको हो ।

वागमती प्रदेश सरकारले सहसचिव तहको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्त गरेकाले आफूले राजीनामा दिएको ढकालले बताउनुभयो ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश लोकसेवा आयोगको अध्यक्ष कसलाई बनाउने विषयमा छलफल भएपनि टुंगोमा नपुगेको बताउनुभयो । 


प्रतिक्रिया