रेमिट्यान्स बढ्यो
मंसिर ४, २०८१
चालु आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ११ दशमलव ५ प्रतिशतले बढी हो । ०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५ दशमलव ८ प्रतिशतले बढेको थियो ।
यस वर्षको तीनमहिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गतवर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ ।