चीन केन्द्रविन्दु भएर गएको भूकम्पबाट नेपालको १७ घरमा आंशिक क्षति

पुस २४, २०८१ | काठमाडौं

चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर हिजो गएको भूकम्पका कारण नेपालका १७ घरमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार भूकम्पबाट नेपालतर्फ केही घरमा आंशिक रुपमा क्षति भएको हो । यस्तै, एउटा घर भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने २ वटा सरकारी कार्यालमा आंशिक क्षति भएको छ । विभिन्न भागमा भूकम्प पछि २२ लाख२५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीको भनाई छ ।

भूकम्प पछि २ जना घाइते भएका छन् भने ११ जनाको उद्दार गरिएको छ । हिजो विहान गएको भूकम्पको धक्का नेपाल, भारत, भुटान, बंगलादेश लगायत देशमा समेत महसुस गरिएको थियो ।

नेपलको कोशी प्रदेशका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, पाँचथर तथा बागमती प्रदेशका काठमाडौ उपत्यकासहित उत्तरतर्फ तिब्बतसँग सीमाना जोडिएका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको थियो । 


प्रतिक्रिया