रुपन्देहीमा रवि लामिछानेमाथिको थुनछेक बहस सकियो, भोलि आदेश आउने सम्भावना
माघ १०, २०८१ | काठमाडौं
सहकारीको रकम अपचलन सम्बन्धमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि रुपन्देही जिल्ला अदालतमा आजको थुनछेक बहस सकिएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम संगठित रुपमा ठगी प्रकरणमा सरकारी वकिल र जाहेरवाल तर्फका वकिलले बहस गरेका छन् । भोलि पुनः थुनछेक बहसमा सरकारी वकिल तर्फको बहस सकिए पश्चात लामिछानेका तर्फका वकिलले बहस गरेपछि जवाफी बहस हुने अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिनुभयो ।
जवाफी बहस सकिए भोलि नै आदेश आउने सम्भावना रहेको ज्ञवालीले बताउनुभयो । जिल्ला सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीको रकम संगठित ठगीमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरेको थियो ।