जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

माघ १९, २०८१ | काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालय बिहान ११ बजेका लागि बोलाइएको पार्टीका प्रवक्ता मनिस कुमार सुमनले बताउनुभयो । 

बैठकमा अनुसार ‘जनतासँग जसपा नेपाल अभियान’, आधारभूत संगठन निर्माण अभियान, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजना लगायत एजेन्डामा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी र कार्यक्षेत्र अन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदन सहित बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिईएको छ ।


प्रतिक्रिया