नेपालगन्ज विमानस्थलमा उद्दार तथा अग्नि निवारण नमुना अभ्यास

फाल्गुन १०, २०८१ | नेपालगन्ज
नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालगन्ज नागरिक उडड्यन कार्यलय बाँकेको आयोजनामा बाँकेको राँझास्थित विमानस्थल हवाइ धावनमार्गमा हवाइ उद्दार तथा अग्नि निवारण नमुना अभ्यास गरीएको छ ।
नमुना अभ्यास कार्यमा शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा काल्पनिक ईको एयरको एम ए ७२ हेलन विमानस्थलबाट बारकोट बिमानस्थलको लागि उडान भएको फलाईट नम्बर ईको ४०० वायुयान हेलन विमानस्थलको दक्षिण पुर्व क्षेत्रमा ११ बजेर १७ मिनेट जँदा दुर्घटना भएको देखाईएको थियो ।

घाईते भएकाहरुलाई दुर्घटना स्थलमा उद्दार र प्राथमिक उपचार गर्न नेपाली सेना र सैनिक अस्पतालका डाक्टरहरु, नेपाल प्रहरी तथा सस्शत्र प्रहरीले घाइतेहरुको व्यवस्थापन गरे । शुत्र्रmबार दुर्घटना पश्चात लागेको आगो निभाउन तीन ओटा दमकलले नमुना अभ्यास गरे ।
नेपाल नागरिक प्रधिकरण उड्यन कार्यालय नेपालगन्जका प्रमुख सुमत प्रसाद चौधरीले बिमानस्थलमा कुनै दुर्घटना भयो भने कम भन्दा कम क्षती होस भन्ने उदेश्यले उद्दार व्यवस्थापनको लागि पूर्व अभ्यास गरीएको बताउनुभयो ।

काठमाडौ, बिराटनगर, भैरवहवा, पोखरा ,नेपालगन्ज मापदण्ड पुगेका सटिफाइ बिमानस्थल हन् । यो अभ्यास हरेक दुई बर्षमा एक पटक गर्नुपर्ने हुन्छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले नेपालगन्ज विमानस्थलमा गरीएको अभ्यास संकट व्यवस्थापनको अवस्था कस्तो छ भन्ने बुभनका लागि भएको बताउनुभयो ।