एकीकृत समाजवादी केन्द्रीय कमिटीको दोस्रो बैठकः २० बुँदे समसामयिक प्रस्ताव अनुमोदन

फाल्गुन १२, २०८१
एकीकृत समाजवादी केन्द्रीय कमिटीको दोस्रो बैठकले २० बुँदे समसामयिक प्रस्ताव अनुमोदन गरेको छ । केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै समाजवादीले सहकारी लगायत क्षेत्रमा भएका ठगी नियन्त्रण गर्न संलग्न व्यक्तिलाई कारवाही गर्न र रकम फिर्ता गर्न सरकारसँग माग गरेको छ ।
सो पार्टीले जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डो¥याउने आन्दोलनको कार्ययोजना प्रस्ताव पारित गरेको जनाएको छ । निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले सरकार दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटेर अराजक र पपुलिष्ट बन्दै जाने अवस्था देखिएको बताउनुभयो ।