शान्तिको बदलामा पद त्याग्न तयार छुः युक्रेनी राष्ट्रपति जेलेन्स्की

फाल्गुन १२, २०८१ | काठमाडौं
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शान्तिको बदलामा आफू राष्ट्रपतिको पद त्याग्न तयार रहेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तानाशाह भन्ने टिप्पणीको जवाफमा जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य र शान्ति स्थापनार्थ आफू पद त्याग्न तयार रहेको बताउनुभएको हो । अमेरिकी राष्ट्रपति ट्रम्मले केही दिन अघि जेलेन्स्कीलाई “चुनाव बिनाको तानाशाह“ भनि टिप्पणी गर्नुभएको थियो ।
आफू अहिले युक्रेनको सुरक्षामा केन्द्रित रहेको र एक दशकसम्म राष्ट्रपति रहनु आफ्नो सपना नभएको उहाँको भनाइ छ । जेलेन्स्कीले नेटो सदस्यताको बदलामा पनि आफू राष्ट्रपति पद त्याग्न तयार रहेको बताउनुभयो । युक्रेनको पक्षमा समर्थन जनाउन र सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न युरोपेली संघ र विश्व नेताहरू आज राजधानी किभमा भेला हुँदैछन् ।