नसर्ने रोगका लागि सञ्चालित अभियानमा सरिक हुन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

फाल्गुन १२, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगको पहिचानका लागि चलाइएको अभियान सरिक हुन आग्रह गर्नुभएको छ । भिडियो सन्देशमार्फत् मन्त्री पौडेलले नसर्ने रोगको पहिचानका लागि फागुन महिनाभर सञ्चालन गरिएको अभियानमा सहभागी हुन आग्रह गर्नुभएको हो । उहाँले ३० वर्र्ष माथिका महिलालाई नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो ।

मन्त्रालयले हरेक पालिकामा रहेका स्वास्थ्य संस्था र आधारभूत अस्पतालबाट प्रारम्भिक जाँचको व्यवस्था मिलाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हरेक पालिकामा रहेका स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन र रिपोर्ट अनुसार उपचार गर्न आग्रह गर्नुभएको छ । अभियानमा मधुमेह, ब्लडप्रेसर, मिर्गौला सम्बन्धी रोगको जाँच र बीएमआई परीक्षण भइरहेको छ ।


प्रतिक्रिया