आयोजक टोली र त्रिभुवन आर्मी केपी ओली कप फुटवलको सेमिफाइनलमा

फाल्गुन १२, २०८१ | काठमाडौं
त्रिभुवन आर्मी र आयोजक टोली काठमाडौंमा जारी केपी ओली कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मीले नेपाल पुलिस क्लव र आयोजक केपी एफसीले न्युरोड टीम एनआरटीलाई पराजित गर्दै अन्तिम चारमा पुगेका हुन् । आयोजक टोलीले दोस्रो क्वाटरफाइनलमा एनआरटीलाई १–० को अन्तरमा पराजित ग¥यो ।
उसका लागि दोस्रो हाफमा सुरज ठकुरीले गोल गरेका थिए । पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको थियो आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरेका थिए । आर्मीले सेमिफाइनलमा संकटा र एपिएफको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा आयोजक टोलीले मछिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेडको विजेताको सामना गर्नेछ ।