मधेसका मसिहा दलबाट मधेशी जनताको मुक्ति सम्भव छैनः माओवादी अध्यक्ष दाहाल

फाल्गुन १८, २०८१ | काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न आफ्नो पार्टीले सबैभन्दा बढी त्याग गरेको बताउनुभएको छ । धनुषाको कमला नगरपालिका–३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा भेटघाटमा अध्यक्ष दाहालले मधेसका मसिहा ठान्ने दलहरूबाट मधेशी जनताको मुक्ति सम्भव नभएको बताउनुभयो । 

मधेशमुक्तिको जिम्मा माओवादीले नै लिने दाहालको बाचा थियो । माओवादी अध्यक्ष दाहालसहित पार्टी पदाधिकारी कुर्ता पाइजामामा सजिएर यतिबेला तराई मधेश जागरण अभियानमा व्यस्त छन् । अध्यक्ष दाहालले माओवादी र मधेसी जनताबीच बलियो एकता कायम गर्ने प्रयास सुरु भइसकेको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया