जनवर्गीय संगठनको आकार घटाउने एमालेको निर्णय

फाल्गुन १८, २०८१

सत्तारुढ दल एमालेले आफ्ना जनवर्गीय संगठनको आकार घटाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो व्यवस्था गर्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीको व्यवस्था रहेकामा स्थायी कमिटी घटाइएको जानकारी दिनुभयो । य

सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सोमबार बिहान जनसंगठन संयन्त्रको बैठक बोलाइएको छ । सबै जनसंगठनलाई चैत मसान्तसम्म अधिवेशन सम्पन्न गर्न एमालेले निर्देशन गरेको छ ।

यसैबीच ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गरी अघि बढ्ने एमालेले निर्णय गरेको छ । 


प्रतिक्रिया