इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन नेपालमा

फाल्गुन १८, २०८१ | काठमाडौं

विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन नेपाल आइपुगेका छन् । 

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

केपी ओली कपको फाइनल भोली दशरथ रंगशालामा हुनेछ । सो फाइनलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनलमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया