मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा.वैधनाथ महतोलाई तत्काल नहटाउन सर्वोच्चको आदेश

चैत्र ५, २०८१
सर्वोच्च अदालतले मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतोलाई तत्काल नहटाउन मधेश प्रदेश सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले चैत ११ गते छलफलका लागि बोलाउने आदेश गर्दै सो मितिसम्म उपकुलपति महतोलाई पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
विश्वविद्यालय सभा (सिनेट) को बहुमतको निर्णय भन्दै उपकुलपति महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई प्रदेश सरकारले हटाउँदै नया पदपूर्तिका लागी सूचना आह्वान गरेको थियो । सर्वोच्चले मन्त्रिपरिषद्को गत फागुन २२ गतेको निर्णय बमोजिमको पत्र र उपकुलपति नियुक्तिसम्बन्धी सूचना कार्यान्वयन नगर्नु ,नगराउनु भन्दै विपक्षी १३ जनाका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।