गणतन्त्रको विकल्प सोच्न सकिदैनः राष्ट्रपति पौडेल

चैत्र ११, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प सोच्न नसकिने बताउनुभएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान व्यवस्थामा हरेक नागरिक मालिक हुन पाउने भन्दै यसको सुदृढीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताउनुभयो । यसैबीच, पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको छ । भेटमा मुलुकको समसामयिक बिषयमा उहाँहरुबीच छलफल भएको बताइएको छ ।