दलितमाथि ज्यादती घटनाः एसपी पनि हेडक्वाटर तानिए, अनन्तराजलाई पठाइयो

चैत्र १२, २०८१
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित पनि हेडक्वाटर तानिएका छन् । प्रहरी प्रधान कार्यालयले पण्डितलाई आज हेडक्वाटर तानेको हो । सिरहामा नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक अनन्तराज शर्मालाई पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालय स्रोतले जनायो ।
सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती भएको घटनामा प्रशासनको आलोचना भएपछि गत शुक्रबार सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल पनि गृह मन्त्रालय तानिएका थिए ।