सुकेटार विमानस्थलमा आगामी शनिबारबाट नियमित हवाई उडान हुने

चैत्र १३, २०८१ | काठमाडौं

विगत साढे तीन महिनादेखि ठप्प ताप्लेजुङको सुकेटार विमानस्थलमा आगामी शनिबारबाट नियमित हवाई उडान हुने भएको छ ।

नेपाल वायु सेवा निगमसँग रहेका दुई वटा जहाज ग्राउण्डेड भएपछि गत मंसिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्ध भएको थियो ।

पुस पहिलो साता काठमाडौंबाट जहाज उडे पनि प्रतिकूल मौसमका कारण बिचबाटै फर्किएको थियो ।

तत्कालका लागि एउटा जहाजको मर्मत सम्पन्न भएकाले आगामी शनिबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने तयारी भइरहेको जिल्लास्थित निगमको कार्यालयले जनाएको छ ।

तत्कालका लागि सातामा एउटा उडान राखिएको छ ।


प्रतिक्रिया