सिरहामा दलितमाथि ज्यादतीः ३ दिन म्याद थप

चैत्र १३, २०८१

सिरहाको औरहीमा महायज्ञका नाममा अछुत भन्दै दलित परिवारमाथि ज्यादती गरिएको घटनामा प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि ३ दिन म्याद थप भएको छ । सिरहा जिल्ला अदालतले उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गर्न दोस्रोपटक ३ दिनको म्याद दिएको हो । 

गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई अदालतमा पेश गरेर प्रहरीले अनुसन्धानका लागि थप म्याद मागेकोमा ३ दिनको म्याद दिइएको अदालतका स्रेस्तेदार निरज पोखरेलले जानकारी दिनुभयो । उनीहरू यहिचैत्र८ गते पक्राउ परेका थिए ।अदालतले गत आइतबार पहिलोपटक उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएको थियो ।

औरही गाउँपालिका–५ मा महायज्ञका नाममा अछुत भन्दै महायज्ञस्थलमा रहेको दलित समुदायका दीपक मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।सो घटनामा संलग्न बजरंजी बाबा भने अझै फरार छन् ।


प्रतिक्रिया