म्यानमार भूकम्पमा १ हजार बढीको मृत्यु

चैत्र १६, २०८१ | काठमाडौं

म्यानमारमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार २ नागेको छ । हिजो म्यानमारमा ७ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पमा परि हजारौँ नागरिक घाइते भएका छन् । त्यस्तै १५ सय घरमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जुन्ता भनिने सैन्य सरकारको अधिनमा रहेको म्यानमारमा राहत तथा उद्धारको लागि वैदेशिक सहायता आजबाट भित्रिने क्रम सुरु भएको छ । भूकम्पले त्यहाँको सडक, पुल र भवनहरूमा क्षति पु¥याएको छ । जुन्ता सरकारले आर्थिक सहयोगको लागि अन्तर्राष्ट्रिय समुदायमाझ आव्हान समेत गरेको छ ।

अमेरिकी भूगर्भीय सेवाको पूर्वानुमान अनुसार म्यानमारमा मृत्यु हुनेको संख्या १० हजारभन्दा बढी पुग्ने अनुमान छ । भूकम्पको असर छिमेकी देश थाइल्याण्डमा पनि परेको छ । हिजो भूकम्पमा परि त्यहाँ ९ जनाको मृत्यु भएको थियो । भूकम्पले राजधानी बैंककमा निर्माणाधीन गगनचुम्बी भवन ध्वस्त भएको छ । भवन ध्वस्त हुँदा ३० जना भग्नावशेषमा फसेको र ४९ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 


प्रतिक्रिया