आजका मुख्य समाचारः २०८१ चैत १६, साँझ ०६ः ३० बजे

रेडियो कान्तिपुर संवाददाता

चैत्र १६, २०८१ | काठमाडौं

विद्युत प्रधिकारणका निर्देशक कुलमानको बर्खास्तीलाई लिएर विरोधमा उत्रिएका प्रतिपक्षी दलको माग सम्बोधन गर्ने सरकारको तयारी, नवनियुक्त कार्यकारी निर्देशक शाक्यको कार्यक्षमतामाथि प्रश्न उठाउनु स्वभाविक नभएको तर्क

राजावादीको हिंसात्मक प्रदर्शनका कारण भएको क्षतिको गृहमन्त्री लेखकद्वारा स्थलगत निरीक्षण, सञ्चारगृह र सञ्चारकर्मीलाई उचित सुरक्षा व्यवस्था गर्ने प्रतिबद्धता

राजतन्त्र पक्षधरहरुकोे पछिल्ला गतिविधिप्रति राजनीतिक दलहरुको आपत्ति, जथाभावि फोहोर र तोडफोड गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै ८ लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौं महानगरको निर्णय

म्यानमारको म्यान्डलेमा गएको भूकम्पमा परि मृत्यु भएकाको संख्या एक हजार नाघ्यो, मृतकको संख्या अझै बढ्न सक्ने आँकलन

 प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई, त्रिभुवन आर्मी ६ विकेटले पराजित


प्रतिक्रिया