पूर्वराजा शाहलाई झण्डै ८ लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौं महानगरको निर्णय

चैत्र १६, २०८१ | काठमाडौं

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिजो आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गराएको तथा भौतिक संरचनामा क्षति गराएको भन्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गराएको छ । 

 महानगरले आज पूर्व राजा शाहको नाममा जरिवाना पत्र पठाइएको जानकारी दिएको हो । फोहोरमैला व्यवस्थापन ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना निर्देशानुसार अनुरोध गरिने महानगरले लेखेको पत्रमा उल्लेख छ ।

 साथै, महानगरले सोही दिन तीनकुने क्षेत्रमै आयोजना गरिएको कार्यक्रमबाट सो क्षेत्रमा रहेको रुख, विरुवा, रेलिङ तोडफोड गरेबापत ४० हजार र तीनकुने आईल्याण्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना गराएको छ । यस्तै महानगरले बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले एक लाख, जडिबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी गरेकोमा एक लाख रुपैयाँ जरिवाना गराएको छ । तीनकुनेमा जथाभावी फोहोरमैला गरेकोमा एक लाख रुपैयाँ जरिवाना गरेको छ । 

सोही कार्यक्रमबाट महादेवस्थान, कोटेश्वर क्षेत्रका सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा एक÷एक लाख रुपैयाँ जरिवाना गराएको हो । यस्तै, महागनरले तीनकुनेको आन्दोलनको क्रममा निजी भवनमाथि भएको आगजानी र निजी सम्पत्तिमाथि भएको क्षति भने महानगरको क्षेत्राधिकारभित्र नरहेको समेत उल्लेख गरेको छ । 


प्रतिक्रिया