मापदण्ड विपरीतका गाडी चलाउन दिँदा सार्वजनिक सम्पत्तिमा क्षतिः मन्त्री दाहाल

चैत्र २५, २०८१

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रहरीले पैसा खाएर मापदण्ड विपरीतका गाडी चलाउन दिँदा सार्वजनिक सम्पत्तिमा क्षति पुगिरहेको आरोप लगाउनुभएको छ ।

सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री दाहालले मालवाहक गाडीहरूको नापतौलबारे अध्ययन गर्न कार्यदल बनाएको र कार्यदलको प्रतिवेदनका आधारमा समस्या समाधान गरिने बताउनुभयो । 

मापदण्डविपरीत सञ्चालित गाडीहरूलाई रोक लगाएर सार्वजनिक सम्पत्तिमा भइरहेको क्षतिलाई रोक्नुपर्ने उहाँको भनाइ थियो । 


प्रतिक्रिया