राप्रपाको सभा बल्खुमा

चैत्र २५, २०८१

काठमाडौंको भृकुटीमण्डपमा गर्ने भनिएको राप्रपाको सभा बल्खुमा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा कार्यक्रम गर्न आग्रह गरेबमोजिम राप्रपाले भोलि बल्खुमा सभा गर्न लागेको हो । राप्रपाले आफ्नो सभा शान्तिपूर्ण हुने भए पनि प्रशासनले भृकुटीमण्डपमा सभा गर्न नदिएर सर्वसत्तावादी चरित्र देखाएको टिप्पणी गरेको छ । 

प्रशासनका कारण स्थान परिवर्तन गरिएको सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका अन्य राजावादी नेताहरुले सम्वोधन गर्ने प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिनुभयो । लावतीका अनुसार सभाको सम्पूर्ण तयारी पुरा भइसकेको छ । राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि नजिकै भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न अनुमति दिन नसकिएको प्रशासनले जनाएको छ । 


प्रतिक्रिया