मातृ मृत्युदरमा नेपालले प्रगति गरेको छः स्वस्थ्यमन्त्री पौडेल

चैत्र २६, २०८१ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउनुभएको छ । 

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसंख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि , प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउनमा समेत नेपालले सफलता पाएको उल्लेख गर्नुभयोे । 

 नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धताबाट मात्र सो सम्भव रहेकोमा जोड दिनुभयो ।


प्रतिक्रिया