पाकिस्तानबाट ६० हजार अफगानी नागरिक निकाला

वैशाख ४, २०८२ | काठमाडौं

पाकिस्तानबाट कम्तीमा ६० हजार अफगानी नागरिकलाई जबरजस्ती देश निकाला गरिएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)का अनुसार पाकिस्तानको सो कदमले तोर्खाम सीमा क्षेत्रमा मानवीय संकट बढ्दै गएको छ । संगठनले माइक्रो ब्लगिङ साइट एक्समा लेख्दै देश निकाला गरिुएका परिवारहरूले पर्खन सक्ने अवस्था नरहेको भन्दै उनीहरुलाई वेवास्ता नगर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ । 

संगठनले हजारौं अफगानी नागरिकलाई सहयोग गर्न तत्काल स्रोतहरु आवश्यक रहेको समेत औँल्याएको छ । निष्काशनमा परेका अधिकांश महिला र बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

केही समयदेखि पाकिस्तानी अधिकारीहरूले कागजातविहीन अफगान आप्रवासीलाई पक्राउ गर्ने र देश निकाला गर्ने प्रयासलाई तीव्र बनाएका छन् । 


प्रतिक्रिया