रुसलाई हतियार उपलव्ध गराएको युक्रेनको आरोप चीनद्वारा खण्डन

वैशाख ५, २०८२ | काठमाडौं
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई चीनले हतियार उपलब्ध गराएको भनि लगाएको आरोपमा सत्यता नभएको चीनको विदेश मन्त्रालयले जनाएको छ ।
चीनले रुस–युक्रेनमा कुनै पनि पक्षलाई घातक हतियार उपलब्ध नगराएको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बताउनुभएको छ । यसअघि एक पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चीनले रुसलाई हतियार र बारुद आपूर्ति गरिरहेको तथा रुसी भूभागमा हतियार उत्पादन गरेको आरोप लगाएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।
रुस–युक्रेन तीन वर्षे युद्धको समयमा रुससँग घनिष्ठ आर्थिक सम्बन्ध कायम गरेपनि चीनले तटस्थताको छवि देखाउन खोजेको छ ।