स्वास्थ्यका कारण शिक्षामन्त्रीको राजिनामाः प्रधानमन्त्री ओली

वैशाख ९, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भट्टराईले स्वास्थ्यका कारण शिक्षामन्त्रीबाट राजिनामा दिएको दावी गर्नुभएको छ । भट्टराईले राजिनामा दिनुमा प्रधानमन्त्रीको असहयोग मुख्य कारण भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको प्रतिवाद गर्नुभएको हो । काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्या भट्टराईले स्वास्थ्यका कारण शिक्षामन्त्रीबाट राजिनामा दिएको बताउनुभयो ।
भट्टराईले पदबाट राजिनामा दिएको बिषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति समेत प्रधानमन्त्री ओलीले असन्तुष्टी जनाउनुभएको छ । योजनावद्ध रुपमा अखवारहरुले आफूविरुद्ध प्राथमिकताका साथ समाचार लेखेको उहाँको भनाइ थियो ।
आफूविरुद्ध विभिन्न शक्तिले घेरावन्दी गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमको सम्पादकीय स्वतन्त्रतामाथि नै प्रश्न उठाउनुभएको हो ।