बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबलः पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन

वैशाख २०, २०८२ | काठमाडौं

बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

 खेलको अन्तिम समयमा अनिता केसीले गरेको गोलमार्फत एपीएफले उपाधि जितेको हो । तीन विभागीय सहित ८ टिम सहभागी प्रतियोगितामा अपराजित रहँदै एपीएफ क्लब च्याम्पियन बनेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयमा एपीएफले पाएको कर्नरलाई सदुपयोग गर्दै उपाधि उचालेको हो ।

 अनिता बस्नेतले प्रहार गरेको कर्नरलाई अनिता केसीले हेडर मार्फत गोल गरिन् । उपाधि विजेता एपीएफले ५ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको पुलिस क्लबले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।   


प्रतिक्रिया