नागढुंगा–पिप्लामोड सडक १० दिन आंशिक बन्द हुने

वैशाख २०, २०८२ | काठमाडौं

नागढुंगा–पिप्लामोड सडक दस दिन बन्द हुने भएको छ । भोलि देखि वैशाख ३१ गतेसम्म सो सडक खण्ड आंशिकरुपमा बन्द गरेर काम गर्न लागिएको हो ।

सडक निर्माण सुधार गर्नुपर्ने भएकोले राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताउनुभयो । 

सो अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर सबैमा जानकारी गराएको ओझाले बताउनुभयो । हाल १ दशमलव ८ किलोमिटरमा सडक सुधार गर्न लागिएको आयोजनाले जनाएको छ । 


प्रतिक्रिया